सांसद नारायणप्रसाद खतिवडाले चार करोड कहाँ हाले ?

विदुर । नुवाकोट निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायण खतिवडाले आर्थिक वर्ष २०७७/७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गरेका छन् ।

सरकारले संघिय सांसदलाई आफनो निर्वाचन क्षेत्रभित्र आयोजना सञ्चालन गर्नका निमित्त ४ करोड बजेट व्यवस्थापन गरेवापत सांसद खतिवडाले विदुर नगरपालिका–९ स्थित जिल्ला त्रिशुली अस्पतालका लागि कोभिड–१९ परीक्षण उपकरण खरिद तथा ल्याव स्थापनाका लागि–८७ लाख ४० हजार, विदुर–१ स्थित पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षलय पुर्वाधार निर्माणका लागि–१० लाख, विदुर–४ स्थित जिल्ला खेल मैदान बट्टार शौचालय निर्माणका लागि–८ लाख, विदुर–४ मा कराते भवन निर्माणका लागि १० लाख, विदुर–१० स्थित दारेगौडा खानेपानीलाई–५ र कालीखोला मुहान संरक्षणका लागि–२ लाख बिनियोजन गरेका छन् ।

विदुर–३ स्थित पोखरे फाँटमा सिंचाईका लागि–५ लाख, विदुर–६ स्थित चैनपुर सामुदायिक भवनका लागि–८ लाख, विदुर ५ पिपलटार स्थित पिपलटार फुटवल क्लवको फूटसल खेल प्रशिक्षण स्थल निर्माणका लागि–५ लाख, विदुुुर १३ स्थित रिसंग माने आम्थाङ माझँगाउँका लागि ५ लाख, विदुर–१ स्थित त्रिशुली बजार सिँढी निर्माणका लागि–५ लाख छुट्टाईएको छ ।

विदुर–११ मा २ लाख, विदुर–२ मा ३ लाख र ८ नं. वडामा ५ लाख गरी जम्मा १० लाख सामुदायिक भवन निर्माणका लागि छुट्टाईएको छ । विदुर–४ मा कराते भवन निर्माणका लागि १० लाख गरी विदुर नगरपालिकाका वडाहरुमा ७ वटा आयोजना छनोट भएका छन् भने जस्का लागि १ करोड ५८ लाख ४० हजार रुपैयाँ बजेट बिनियोजन गरीएको छ ।

त्यस्तै, बेलकोटगढी नगरपालिकाका–२ मा बोक्से कात्तिके, विरेन्द्र मावि सडक स्तरोन्नतीका लागि–१० लाख, वडा नं. ६ मा बञ्चरे, कृष्ण मन्दिर सडक र मालिका दियाले सडक स्तरोन्नतीका लागि–१५ लाख, वडा नं.११ को अमारे, डेउडी र मजुवा सडक स्तरोन्नतीका लागि–१० लाख, वडा नं.८ र ९ मा जनसेवा बराबोट सडक स्तरोन्नती र साँधी खोला भट्टथोक खमारे सिँचाईका लागि–१० लाख गरी जम्मा बेलकोटगढी नगरपालिकालाई ५५ लाख बजेट बिनियोजन गरेका छन् ।

किस्पाङ गाउँपालिका–१ स्थित गान्द्राङ सिँचाई र घोङ्घा भञ्ज्याङ सोलार प्लान्ट निर्माणका लागि–१० लाख, किस्पाङ–५ स्थित सुकौरो खोला देखि स्कुल हुँदै अँधेरीखोला सम्मको सिँढी बाटो र ठण्डापानी खानेपानीका लागि–१० लाख, किस्पाङ–३ स्थित घट्टेखोला देखि डिस्युँखोला गोरेटो बाटो र किर्नेबगर आर्वा ग्रामीण सडक स्तरोन्नतीका लागि–१० लाख, किस्पाङ–२ स्थित ताजी सामुदायीक स्वास्थ्य भवन निर्माणस्थल जाने बाटो निर्माण र कोलथापे गोगने मोटर वाटो स्तरोन्नतीका लागि–१५ लाख, किस्पाङ–५ स्थित मनकामना स्वास्थ्य चौकी माने गाउँ गोरेटोका लागि–१० लाख गरी किस्पाङको लागि ५५ लाख बजेट बिनियोजन भएको छ ।

म्यागङ गाउँपालिका–१ स्थित आल्जङ खेलमैदान र आल्जाङ कौशिञ्चेत सडक निर्माणका लागि–१० लाख, म्यागङ–२ स्थित गरवाङ देखि सरस्वती मावि गोरेटो सिँढीका लागि–५ लाख र धनसिंङ प्रतिष्ठान पूर्वाधारका निर्माणका लागि–१० लाख, म्यागङ–३ स्थित दुर्सापाङ गोदोङ्ब्रो हुँदै तल्लो कुँवा जोड्ने सडक स्तरोन्नतीका लागि–५ लाख र चिउरी भञ्ज्याङ लामडाँडा बाटोको लागि–१० लाख, म्यागङ–४ स्थित बलङ्ग्राङ टोल खेलमैदान र पार्चेतखोला सत्यदेवी सडक स्तरोन्नतीका लागि–१० लाख, म्यागङ–६ स्थित गुम्वा डाँडा गोरेटो निर्माण र कलेटी गोरेटो मर्मतका लागि–१० लाख र भैङेरी, मैवल र फलाटे खेलमैदान निर्माणका लागि–१३ लाख, म्यागङ–५ स्थित नागीनिस्थान खेलमैदान र पुरानो स्कुल टकसार मन्दिरका लागि–१० लाख गरी म्यागङको लागि जम्मा ८३ लाख बिनियोजन गरिएको छ ।

त्यस्तै, तारकेश्वर गाउँपालिका–४ स्थित मूलवाटो विक टोल र सरस्वती आवि ढोड सडक स्तरोन्नतीका लागि–१० लाख, तारकेश्वर–२ र ३ मा तारुका खानेपानीका लागि–१५ लाख, तारकेश्वर–१,५ र ६ मा फर्सिकोट चालिसे, सिरानटोल लर्केप मोटर वाटो स्तरोन्नती, भुँडीखोप बाँझेगरा सिँचाई, भञ्ज्याङथोक खेलमैदान, फ्युचर कल्व र रातोडाँडा गुम्वाको लागि–१८ लाख र प्रशासनिक खर्च जिल्ला सममन्व समिति नुवाकोटका लागि ३ लाख ६० हजार रुपैयाँ गरी ४ करोड बजेट बिनियोजन गरेका छन् ।

१९ मंसिर २०७७, शुक्रबार १०:३४



तपाईको प्रतिक्रिया