‘ड्वाचेको उपभोक्ता समिति अर्को बनाऔं’

प्रमुख अतिथि नेकपा नुवाकोट सचिवालय सदस्य पुर्णलाल श्रेष्ठ मन्तब्य राख्दै ।

फलाँटे । सुर्यगढी गाँउपालिका–३ फलाँटेमा स्थापना भएको गणेश युवा क्लबको उद्घाटन तथा शुभारम्भ शनिवार भएको छ । २०५२ सालमा स्थापना भएर निश्क्रिय रहेको क्लबले आगामी दिनमा सामाजिक कार्यहरू लगायत समुदायमा जनचेतनाका कामलाई निरन्तरता दिने गरि सुभारम्भ गरेको क्लबका अध्यक्ष मधुकर थापा मगरले जानकारी दिए ।

उद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नुवाकोटका सचिबालय सदस्य एवं लायन्स क्लब अफ काठमाण्डौ डाउन टाउनका अध्यक्ष पुर्णलाल श्रेष्ठले देश भित्रकै श्रोत र साधनको परिचालन गरि युवाशक्तिलाई आफ्नो गाउँठाउमा राख्नु पर्ने धारणा राखेका छन् । बिदेश पलायन भएकालाई फिर्ता ल्याउनु र जान लागेकालाई रोख्नु अहिलेको आवश्यकता रहेको उनले बताए । युवाहरूको कम चासो र कम जोखिनीतिकै कारण गाउँमा विकास कम भएको उनले तर्क गरेका छन् । नुवाकोट फाटे चोकते सकडको उदाहरण दिदै उनले २०४० सालमा शिलान्यास भएको सडक अहिलेसम्म उस्तै हालतमा रहनु दुखद् रहेको बताए । ‘अब औला उठाउनसक्ने सचते युवाहरूको आवश्यकता गाउँ गाउँमा छ’ उनले भने ।

श्रेष्ठले नुवाकोट जिल्लाको बिकास निर्माण लगायत बिभिन्न सामाजिक कार्यको लागी आफु सदैब मरिमेटिरहेको बताएका छन् । फलाटे लगायतका आसपासका क्षेत्रको खानेपानी समस्या समाधानका लागि आफ्नो सक्रियतामा सुर्यगढीमा भुण्टे सिञ्चाई आयोजना कार्यान्वयन हुन लागेको उनले बताएका छन् ।

त्यस्तै, लामो समयदेख उपभोक्ता समिति बिबादका कराण अलपत्र परेको नुवाकोटको बहुचर्चित खानेपानी आयोजना ड्वाचे खानेपानीलाई निकास दिन पनि उनले आग्रह गरेका छन् । अहिलेको समिति भङ्ग गरेर नयाँ उपभोक्ता समिति गठन गर्न र आयोजना सम्पन्न गर्न पुर्णलाला श्रेष्ठले माग गरेका छन् ।

ड्वाचे खानेपानी आयोजना नुवाकोटको सबै भन्दा ठुले र महत्वकांक्षी आयोजना हो । साढे दुई दशक अघिदेखि निर्माण कार्य सुरु भएको यो आयोजनाले अहिलेसम्म नागरिकहरूलाई पानी खुवाउन सकेको छैन । मुख्य पाइपलाइनमा पानी आइरहेको भएपनि यसको वितरण प्रणालीलाई चुस्त पारिएको छैन । रसुवाबाट ल्याइएको यो खानेपानी आयोजना नुवाकोटको साततले दरवारक्षेत्रसम्म पु¥याउने योजना रहेको छ । यो आयोजनाको उपभोक्ता समितिको अध्यक्षमा अहिलेका सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङ छन् । सोही समितिका नेकपाका विन्दा ढुङ्गाना, घकुमार लामा लगायतका छन् । उपभोक्ता समितिको विषयमा विवाद हुँदा अघिल्लो साल नयाँ उपभोक्ता समिति गठन गर्नका लागि जिल्ला समन्वय समिति नुवाकोटले समेत प्रयास गरेको थियो । तर राजनीतिक विभाजन र शक्ति असन्तुलनका कारण उपभोक्ता समितिले नयाँ स्वरुप प्राप्त गर्न सकेको छैन । जसले गर्दा साविकको बागेश्वरी, हल्देकालिका गाविस, विदुर नगरपालिकाको केही क्षेत्रका नागरिकहरूले २५ वर्षदेखि ड्वाचेको खानेपानी आफ्नो धारोमा झर्ने प्रतीक्षा गरिरहेका छन् ।

उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं डाउन टाउनले गणेश युवा क्लब फलाँटेलाई सरसफाई तथा फोहोर संकलनको लागी डष्टबिन समेत बितरण गरेको छ । डष्टबिन बितरण गर्दै डाउनटाउनका उपाध्यक्ष एवं नुवाकोट नेकपाका नेता प्रदिपप्रसाद पाठक ‘सुमन’ले देश परिबर्तनका निम्ति युवा शक्ति जागरुक भई सामाजिक कार्यहरूमा अगाडी बढ्न प्रेरित गरे ।

सुर्यगढी गापाका उपाध्यक्ष मञ्जु बुढाथोकी, वडा नम्बर ३ का अध्यक्ष ऋषिबहादुर पौडेल, नेपाली काँग्रेसका युवा नेता शंकर प्याकुरेल, सुनचाँदी हस्तकला ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष केशरबहादुर सेञ्चुरी, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनाल लगायतले सचेत नागरिकहरूको समुहले समुदायको हितको लागी स्थानिय स्तरमै श्रोत र साधनको खोजिगर्दे परिचालन गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका नेता शंकर प्याकुरेलले गणेश युवा क्लबलाई ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । साथै, बिभिन्न दाताहरूले कार्यक्रम स्थलमानै क्लबलाई रकम सहयोग गरेका छन् । कार्यक्रममा बिभिन्न साङिगतिक प्रस्तुतीहरू समेत प्रस्तुत गरिएको क्लबका सल्लाहाकार राममणि अधिकारीले जानकारी दिए ।

२२ मंसिर २०७७, सोमबार ११:४९



तपाईको प्रतिक्रिया