बिद्यालय सहयोगीको न्युनतम तलब १५ हजार

फाइल तस्बिर

खरानीटार । तादी गाँउपालिकामा प्राथमिक शिक्षा अर्थात् बालकक्षा सञ्चालनका लागि नियुक्त भएका बाल विकास सहजकर्ता शिक्षक र बिद्यालय सहयोगीहरुको न्युनतम तलब १५ हजार पुगेको छ ।

यस बर्षको बजेटमा संघिउ सरकारले दुई हजार मात्र तलब बढाएर बाँकी सात हजार स्थानीय तहले बेहोर्ने बजेट भाषणमा ल्याएको थियो । त्यसै अनुरुप न्युनतम ७ हजार रुपैयाँ तादी गाँउपालिकाले गाँउ सभाबाट पारित भई न्युनतम तलब १५ हजार पु-याएको हो ।

गाँउपालिकाको नीति तथा कार्यक्रममा नै राखेर बालबिकास सहजकर्ता र बिद्यालय सहयोगीको तलब १५ हजार रुपैयाँ पुराएको हो । गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेका अनुसार मासिक ३०० बाट पढाउन शुरु गरेका शिक्षकको तलबमान केन्द्र सरकारले ८ हजार अनुदान दिने र ७ हजार गाँउपालिकाले दिने गरि मासिक १५ हजार पाउने भएका हुन् ।

त्यस्तै न्यून तलबभत्ता पाउँदै आएका विद्यालयका प्रशासन तथा लेखा सहायक निजी श्रोतका शिक्षकहरु र विद्यालय सहयोगीका लागि पनि प्रतिमहिना न्युनतम १५ हजार रुपैयाँ पुग्ने गरि तादी गाँउपालिकामा ब्यबस्था गरेको छ । तादी गाँउपालिकामा बाल विकास सहजकर्ता र बिद्यालय सहयोगीको रुपमा ६५ जना कार्यरत रहेका छन् ।

नुवाकोट जिल्लाका अन्य स्थानीय तहमा भने बजेटमा बाल विकास सहजकर्ताको पारिश्रमिक सम्बन्धी केही खुलाएका छैनन् । वर्षौँदेखि न्यून पारिश्रमिकमा अध्यापन गराउन बाध्य बाल विकासमा कार्यरत शिक्षकको तलब वृद्धि भएपछि उनीहरुमा थप हौसला बढेको तादी गाँउपालिकाका शिक्षा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्रसिङ धामीले बताए । नुवाकोटमा अरु स्थानीय तहले बजेटले त्यति धेरै तलब धान्न नसकिने भन्दै तलब बढाउन नमानिरहेको अवस्थामा तादी गाँउपालिका भने सरकारले तोके अनुसार नै पूरै व्ययभार लिन अग्रसर देखिएको हो ।

१० मंसिर २०७८, शुक्रबार १८:४४



तपाईको प्रतिक्रिया