४८ पदमा महत पक्षले जित्यो ४२, केसी पक्ष १ सचिव र ५ प्रतिनिधिमा सिमित

विदुर (नुवाकोट) । नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत मंसिर ६ गते भएको नुवाकोट निर्बाचन क्षेत्र नम्बर १ मा डा. रामशरण महतको पक्षले बहुसंख्यक पदमा जित हात पारेका छ । अर्जुननरसिंह केसी पक्षले निर्वाचन क्षेत्रको कार्य समितिमा सचिव एउटा पद मात्रै जितेको छ । २५ जना निर्वाचित हुने महाधिबेशन प्रतिनिधिमा पनि पाँच जना मात्रै निर्वाचित भएका छन् ।

२३ जना जनाको निर्वाचन क्षेत्र कार्य समितिमा महत पक्षले एक सचिव बाहेक सबै २४ पद जितेका छन् । महाधिवेशन प्रतिनिधि महत पक्षले २० जना जितेको छ । जम्मा ४८ पदमा भएको निर्वाचनमा ३ पदमा निर्विरोध भएको थियो । कार्य समिति सदस्यमा दुई जना र महाधिवेशन प्रतिनिधिमा एक जना निर्विरोध भएका थिए । निर्विरोध भएका सबै महत पक्षका छन् । बाँकी रहेको ४५ पदमा भएको निर्वाचनमा अर्जुननरसिंह केसी पक्षले ३९ पद गुमाएको हो ।

काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसी र वर्तमान जिल्ला सभापति समेत रहेका जगदीश्वनरसिंह केसी क्षेत्र नं. १ मा कमजोर देखिएका छन् ।

केही दिन अघि सम्पन्न प्रदेश निर्वाचन क्षेत्रको अन्तिम मत परिणामले पनि केसी पक्षलाई कमजोर तुल्याएको थियो । नुवाकोटको चार वटै प्रदेश निर्वाचन क्षेत्रको सभापति पद केसी पक्षले हारेका थिए । अघिल्लो महिना भएको स्थानीय निर्वाचनमा भने केसी पक्षले नुवाकोटको दुई नगरपालिका सहित बहुमत तहमा जित हातपारेका थिए ।

नुवाकोट क्षेत्र नं. १ को सभापतिमा धु्रब श्रेष्ठ बिजयी भएका छन् । उनले ५११ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी बिषम रिमालले ३८७ मत प्राप्त गरेका छन् । कुल ९२१ मत खसेको थियो ।

श्रेष्ठलाई काँग्रेस केन्द्रिय सह–महामन्त्रि डा. प्रकाशशरण महत, केन्द्रिय सदस्य डा. रामशरण महत, र केन्द्रिय सदस्य बहादुरसिङ लामा तामाङको समर्थन छ । यता, रिमाललाई काँग्रेस केन्द्रिय सदस्य अर्जुननरसिंह केसी र जिल्ला सभापति जगदिश्वरनरसिंह केसीको समर्थन छ ।

केन्द्रमा एउटै समुहमा रहेर राजनीति गर्दै आएका नुवाकोटका महत र केसी जिल्लामा भने दुई पक्षमा छन् । स्थानीय तहदेखिको काँग्रेस अधिबेशनमा नुवाकोटमा केसी र महत पक्षले आ–आफ्नो प्यानल बनाएर प्रतिष्पर्धा गर्दै आएका छन् । मंसिर १० गते हुने जिल्ला निर्वाचनमा समेत रमेशकुमार महत र केदारनरसिंह केसी जिल्ला सभापतिमा भिड्ने चर्चा सुरु भएको छ । उनीहरु दुवै क्षेत्र नं. १ बाट भर्खरै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा केसीले ५१२ मत र महतले ४९७ मत पाएका छन् । १३ औं महाधिवेशनमा रमेश महत र जगदिश्वरनरसिंह केसीको जिल्ला सभापति पदमा भएको प्रतिस्पर्धामा महतले १४ मतले हारेका थिए ।

क्षेत्रिय सचिबमा निर्बाचित जगदीश कुईकेल केसी पक्षका हुन् । उनले ४४१ मत पाएका छन् । यस्तै, अर्का सचिब शिब गुणीले ४७६ मत प्राप्त गरेका छन् । उनी महत पक्षका हुन् । दुई जना सचिव निर्वाचित हुने व्यवस्था रहेको छ ।

यस्तै, सह–सचिबमा ठाकुरनाथ लामिछाने र बिरबहादुर तामाङ निर्बाचित भएका छन् । लामिछानेले ४९१ मत र तामाङले ४९९ मत प्राप्त गरेका छन् । सह–सचिव पनि दुई जना निर्वाचित हुने व्यवस्था रहेको छ । यो पदमा निर्वाचित दुवै जना महत पक्षका उम्मेदवार हुन् ।

क्षेत्र नम्बर १ को प्रदेश क बाट महिला सदस्यमा ओमजन श्रेष्ठले २०९ मत सहित बिजय हासिल गरेका छन् । यस्तै, खुल्ला सदस्यमा नबराज भण्डारी र हरिराज कार्की बिजयी भएका छन् । भण्डारीले २१७ र कार्की १८९ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर १ को प्रदेश सभा ख बाट महिला सदस्यमा मेनुका भट्टराईले २५९ मत ल्याएर बिजयी भएका छन् । प्रदेश सभा ख को खुल्ला सदस्यहरुमा रामेश्वर ढकाल र सुबर्ण श्रेष्ठ निर्बाचित भएका छन् । रामेश्वर ढकालले २७३ र सुबर्ण श्रेष्ठले २७४ मत प्राप्त गरेका छन् ।

प्रत्यक्ष तर्फ खुल्ला सदस्यमा गोकर्णराज पण्डितले ५३०, दिनेश तामाङले ५१८ र बरदान थपलियाले ४९० मत ल्याएर बिजयी भए ।

खस, आर्य महिला सदस्यमा ईन्दिरा थापा खड्का ५१९ मत सहित बिजयी भएको निर्बाचन समितिले जनाएको छ । यता, खस, आर्य खुल्ला तर्फ ईश्वरप्रसाद लामिछानेले ४८१ मत ल्याएर बिजयी भएका छन् ।

नुवाकोट निर्बाचन क्षेत्र नम्बर १ को आदिबासी जनजाती सदस्यमा प्रमिसा लामा र सुनिता घले बिजयी भएका छन् । उनीहरुले क्रमश ४७९ र ४६२ मत प्राप्त गरेका छन् । आदिबासी जनजाती खुल्ला तर्फ धनबहादुर तामाङले ५२० मत र सुकमान तामाङले ५७५ मत पाएर बिजयी भएका छन् । क्षेत्रिय कार्यसमितिको अपाङ्ग सदस्यमा कैलाश उप्रेती ५११ मत ल्याएर बिजयी भएका छन् ।

कार्यसमितिको दलित सदस्य पदमा अर्जुन बागदास निर्बिरोध निर्बाचित भएका थिए । त्यस्तै कार्य समिति प्रत्यक्ष महिला सदस्यमा शुभद्रा प्याकुरेल निर्बिरोध निर्बाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा कसले कत्ति मतले जिते ?
नेपाली काँग्रेस नुवाकोट क्षेत्र नम्बर १ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधि प्रत्यक्ष खुल्लामा केसी पक्षका डा. केदारनरसिंह केसी (५१२ मत), अच्युतप्रसाद गुरागाई (४०६), अर्जुनप्रसाद न्यौपाने (४६९ मत), केसी पक्षका कृष्ण कुईकेल (४०३ मत), कृष्णबहादुर लामा (४१७ मत), केसी पक्षका निरञ्जन थापा (३८४ मत), बिजय केसी (३९० मत), महेन्द्र थिङ्ग (४७२ मत), रमेशकुमार महत (४९७ मत), शिबप्रसाद अधिकारी (३८३ मत) निर्वाचित भएका छन् ।

केन्द्रिय महाधिबेशन प्रतिनिधि प्रत्यक्ष महिला तर्फ रोशना थापा महत (४६४ मत), (बिना बुढाथोकी महत (४९१ मत), सरिता आचार्य (४०२ मत) र सिता मिजार (४३३ मत) बिजयी भएका छन् । रोशना डा. रामशरण महतका श्रीमती हुन् भने बिना डा. प्रकाशशरण महतका श्रीमती हुन् ।

केन्द्रिय महाधिबेशन प्रतिनिधिमा खस आर्य महिला तर्फ भवानी देबकोटा (४१२ मत), खस आर्य खुल्लामा बैकुण्ठ खनाल (४७० मत) र रामेश्वरप्रसाद भण्डारी (४८२ मत) बिजयी भएका छन् ।

आदिबासी जनजाती महिला तर्फबाट केन्द्रिय महाधिबेशन प्रतिनिधिमा अमृता नेपाल डङ्गोलले ४८० मत, मैया शेर्पिनीले ४५७ मत र सरस्वती मल्ल श्रेष्ठले ४७० मत प्राप्त गरि बिजयी भएका छन् ।

यस्तै, आदीबासी जनजाती खुल्ला तर्फबाट केसी पक्षका कुमार गुरुङ (४३० मत), केसी पक्षका टिकाबहादुर पुलामी मगर ‘राम’ (४७३ मत) र सुर्यबहादुर तामाङ (४२६ मत) बिजयी भएका छन् ।

दलित प्रतिनिधिमा कल्पना नेपाली ५१६ मत ल्याएर बिजयी भएका छन् । अपाङ्ता तर्फको महाविधेशन प्रतिनिधिमा यस अघि नै उपेन्द्र मिश्र निर्विरोध निर्वाचित भइसकेका छन् ।

महत पक्षबाट पराजित हुने को को हुन् ?
महाधिवेशन प्रतिनिधिमा केसी पक्षका रुपमा चिनिएका जनप्रतिनिधिहरुले पनि हारे । जिल्ला समन्वय समिति नुवाकोटका उप प्रमुख अप्सरा थापा, शिपवुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा समेत पराजित भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा हार्नेहरुमा उमा थापा, कल्पना पाण्डे, स्वेच्छा उप्रेती, दिपक भण्डारी, दिलिप भट्टराई, नारायण खनाल, विनोद शाह, बिरबहादुर तामाङ, माधवराज अधिकारी, रमेशकुमार पाठक, राजनबहादुर लामा, राजु कँडेल, रामकुमार महत, श्रीराम ढुङ्गाना, सुनबहादुर तामाङ, करुणा पाण्डे, सलिना केसी, अनन्तराम केसी, रामप्रसाद अधिकारी, कमला मानन्धर, शान्ता तामाङ, सविना तामाङ भट्ट, सरस्वती मल्ल श्रेष्ठ, गणेशबहादुर तामाङ, चुडाबहादुर मोक्तान अजय, रामबहादुर डङ्गोल, सरिता रम्तेल लगायतका छन् ।

महाधिवेशन प्रतिनिधिमा पराजित हुनेमा महत पक्षका उम्मेदवारहरुमा रमेश पाठक, बिनोद शाह, राजु कँडेल, गणेशबहादुर तामाङ, हरिबहादुर डङ्गोल छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएकाहरुमा नारायण खनाल, रामकुमार महत र माधवराज अधिकारी हुन् ।

८ मंसिर २०७८, बुधबार १५:२९



तपाईको प्रतिक्रिया