जिल्ला सहकारी संघको अध्यक्षमा न्यौपाने निर्विरोध

विदुर । जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको सञ्चालक समितिको अध्यक्षमा गोकर्णनाथ न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न २८ औ साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रुपमा न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा शिबप्रसाद अधिकारी, सचिबमा प्रकाशकुमार अधिकारी, सहसचिबमा ओमप्रकाश श्रेष्ठ, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ चयन भएका छन् । यस्तै, सदस्यहरूमा इन्दिरा मुडबरी, पबित्रा घिमिरे, धनकुमारी रिजाल, होमबहादुर तामाङ, सिता भट्टराई, नबिन्द्रमान प्रधान, कुलबहादुर खड्गी, भोजराज पनेरु, गोकर्ण रोक्का, सबिन राजभण्डारी, प्रदिप अधिकारी, बाबुराम अधिकारी, कृष्णबहादुर धिताल, अर्जुनप्रसाद न्यौपाने, लक्ष्मण श्रेष्ठ र रामेश्वर खड्का निर्वाचित भएका छन् ।

नारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन भएको छ । समितिको सदस्यहरूमा सरिता मोक्तान र नवराज पाण्डे छन् ।

५ माघ २०७७, सोमबार ०७:०४



तपाईको प्रतिक्रिया