केसी कोरोना संक्रमित

विदुर । नेपाली काँग्रेसका नुवाकोट सभापति जगदीश्वरनरसिंह केसी कोभिड–१९ (नोबेल कोरोना भाइरस) संक्रमित भएका छन् । उनलाई कोरोना संक्रमण भएको रिपोर्ट आज प्राप्त भएको हो ।

उनी काठमाडाडौं स्थित आफ्नै निवासको आइसोलेसनमा बसिरहेको परिवार श्रोतले जानकारी दिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसै बीच, तीन दिन अघि उनका दाजु नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसी पनि कोरोना संक्रमित भएको पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको र काठमाडौं स्थित निजी निकासको आइसोलेसनमा रहेको परिवारले जनाएको छ ।

साथै उनका छोरीज्वाई नेपाली काँग्रेसका नेता गगन थापालाई पनि कोरोना संक्रमण पुष्टि भएसंगै तीन देखि काठमाडौं स्थित निजी निवासको आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् ।

२१ आश्विन २०७७, बुधबार १६:१३



तपाईको प्रतिक्रिया