काँग्रेसको दुई वटा ‘खीर कार्यक्रम’

विदुर । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले साउन १५ गते काठमाडौंमा दुई ठाउँमा औपचारिक रुपमा खीर खाए । काँग्रेस नुवाकोटका निवर्तमान सभापति तथा संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीको निजी निवासमा र नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं. १ ले पार्टी प्यालेसमा बेग्लाबेग्लै कार्यक्रम गरेर गएको सोमवार नेता तथा कार्यकर्ताहरूलाई खीर खुवाएका छन् । नेपाली काँग्रेसले एउटै कार्यक्रमलाई आफ्नो गुट अनुसार आयोजना गर्दा नेता कार्यकर्ताहरू पनि आफ्नो गुटको कार्यक्रममा मात्र सहभागि भएका थिए । कतिपय नेता कार्यकर्ताहरू भने दुवै कार्यक्रममा सहभागि भए ।

क्षेत्रिय समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतितिथिक रुपमा काँग्रेस सभापति शेरबहादुर देउवा पुगेका थिए भने केसी निवासमा काँग्रेसका शिर्ष नेताहरूको सहभागिता थियो ।

देउवाले कार्यक्रममा कार्यकर्ताहरूलाई संवोधन गर्दै पार्टीभित्र र बाहिर समेत आपसी एकता आवश्यक भएको बताए । उनले नेपाली काँग्रेसले विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा पनि स्मरण गराए क्षेत्रिय सभापति ध्रुब श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशशरण महत, कँंग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा तामाङ, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. रामशरण महत, जिल्ला सभापति तथा प्रदेशसभा सदस्य रमेश महत लगायतका नेताहरू थिए ।

केसीको कार्यक्रममा सहभागिहरु

केसीले निजी निवास गोगंबुमा आयोजना गरेको खीर खाने कार्यक्रममा काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा माओवादी नेताहरू हितबहादुर तामाड, राधिका तामाड, बिमला सुवेदीको पनि सहभागिता थियो ।

२१ श्रावण २०८०, आईतवार १८:१३



तपाईको प्रतिक्रिया