बद्री मैनाली एमाले नुवाकोट अध्यक्ष, औपचारिक घोषणा हुन बाँकी

विदुर । नेकपा एमाले नुवाकोटको सातौं जिल्ला अधिवेशनबाट बद्री मैनाली अध्यक्ष बनेका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । शुक्रवारबाट सुरु भएको जिल्ला अधिवेशन बट्टारमा अहिले पनि जारी रहेको छ ।

उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुर्दशन नेपाल, उपसचिवमा काशिराज अधिकरी र निलकण्ठ आचार्य घोषणा भएका छन् । जिल्ला कमिटि सदस्यहरुको नाम समेत घोषणा भएपनि त्यो अहिले सार्वजनिक भएको छैन ।

यो सातौँ अधिवेशनले आगामी तीन वर्षका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी पाँच पदाधिकारीसहित १०५ जना जिल्ला कमिटी निर्वाचित गरेको हो ।

२५ पुष २०७८, आईतवार १२:२५



तपाईको प्रतिक्रिया