अनेमसंघ (क्रान्तिकारी) जिल्ला सम्मेलन असोज १ गते

विदुर । नेकपा माओवादी केन्द्र निकट अहिल नेपाल महिला संघ क्रान्तिकारी (अनेमसंघ क्रान्तिकारी) नुवाकोटको हिजो सम्पन्न बैठकले संठगन विस्तारको आक्रमण रणनीति अघि सारेका छ । संविधानत महिलाको अधिकार स्थापनाका लागि नेतृत्व गरेको राजनीतिक दलको भातृ संस्था अनेमसंघ क्रान्तिकारीको बारेमा आम नागरिकहरुलाई जानकारी दिँदै नयाँ सदस्यता विस्तारको रणनीति लिइएको हो ।

अनेमसंघ (क्रान्तिकारी) नुवाकोट ईञ्चार्ज कल्पना रिमालका अनुसार १५ हजार नयाँ सदस्यता वितरणको योजना तयार भएको छ । भदौ ३० गतेसम्म नुवाकोटका सबै वडाहरुमा अनेमसंघ (क्रान्तिकारी)को नयाँ सदस्य बृद्धि अभियान सञ्चालन हुने उनले जानकारी दिए ।

असोज १ गते जिल्ला भेला तथा सम्मेलनको आयोजना गरिएको छ । नयाँ नेतृत्व चयनका लागि आयोजित उक्त सम्मेलन पुर्व जिल्लाका सबै पालिकाहरुमा भेला तथा सम्मेलन सम्पन्न गरिने बताइएको छ । जस अन्र्तगत भदौ २० गतेसम्म वडाहरु, भदौ ३० गतेसम्म पालिकाहरुको सम्मेलन सम्पन्न हुने छ ।

सदस्यता विस्तारका लागि अनेमसंघ क्रान्तिकारीले पालिकागत रुपमा समेत लक्ष्य कायम गरेको बताइएको छ । जस अनुसार विदुर र बेलकोटगढी नगरपालिकामा १५००/१५००, ककनी गाउँपालिकामा १२००, पञ्चकन्या र तादी गाउँपालिकामा एक/एक हजार, दुप्चेश्वरमा ७००, शिवपुरीमा ६ सय नयाँ सदस्यता वितरण हुने छ । त्यस्तै, किस्पाङ, म्यागङ, तारकेश्वर, लिखु र सुर्यगढी गाउँपालिकामा पाँच/पाँच सय नयाा सदस्यता वितरण गरिने ईञ्चार्ज न्यौपानेले जानकारी दिएका छन् ।

५ भाद्र २०७९, आईतवार १७:४६



तपाईको प्रतिक्रिया