क्षेत्र नं. १ को ‘क’ मा संजीव गुरुङको सम्भावना

विदुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटबाट ठूला राजनीतिक दलहरुले उम्मेदवार छनोटका लागि सिफरिस गरेर पठाइसकेको छ । काँग्रेस–माओवादी केन्द्रबीच हुने गठबन्धनका कारण कुन क्षेत्र कसको पोल्टामा पर्ने भन्ने टुङ्गो नलागेकै कारण कुन क्षेत्रमा को उम्मेदवार पक्का भन्ने अहिले अनुमान मात्रै भइरहेको छ ।

काँग्रेसले यस पटक सिफारिस गरेर पठाएका उम्मेदवाहरु मध्ये केही लोकप्रिय, युवा र सम्भावना बोकेकाहरु पनि देखिएका छन् । यस क्रममा युवा पुस्ता माझ चर्चित नेपाली काँग्रेस नुवाकोटका युबा नेता तथा क्षेत्र नं. १ तरुण दलका सल्लाहाकार संजीव गुरुङ नुवाकोट क्षेत्र नं. १ को प्रदेश ‘क’ मा प्रत्यक्ष तर्फ सिफारिस भएका छन् ।

पार्टी भित्र गुटगत राजनीतिको विरोध गर्दै आएका गुरुङ युवापुस्ता र पाका पुस्तालाई जोड्ने कडीका रुपमा यस अिघ देखिनै स्थापित भएका छन् । शिवपुरी गाउँपालिका वडा नं. ४ सिक्रेका ४० वर्षिया संजीव गुरुङ परिवर्तन र युवापुस्ताको पार्टी भित्र उदयका लागि आफ्नो कार्य प्रधान रहने बताउँदै आएका छन् । उनको साझा व्यक्तित्व र काँग्रेसका प्रायः अग्रज नेताहरुको प्रिय रहेका कारण गुरुङले नुवाकोट क्षेत्र नं. १ को ‘क’ मा टिकट पाउने सम्भावना रहेको काँग्रेसका एक नेताले बताएका छन् ।

देशभर युवा नेतृत्व चयन गर्नुपर्ने आवाज बुलन्दरुपमा उठ्दै आउँदा नुवाकोटबाट उम्मेदवार सिफारिस भएका युवा नेता गुरुङ एक बलिया उम्मेदवारको रुपमा अगाडि आएका छन् । नेता गुरुङ जनताले नै युवा नेतृत्व चाहेका कारण पार्टीले पनि युवा नेताहरुलाई नै प्राथमिकता दिएर चुनावमा होमिनु पर्ने धारणा राख्छन् । उनी भन्छन्, ‘जनताको अहिलेको चाहना युवा नेतृत्व हो, त्यसैले पार्टीले पनि युवालाई नै प्राथमिकतामा राखेर चुनावमा जानुपर्छ, युवा नेतालाई अगाडि सार्ने हो भने पार्टीले चुनावमा सोचेभन्दा बढी राम्रो नतिजा ल्याउने छ ।’ जनताको आवाज, शिक्षा, स्वास्थ्य तथा आफ्नो क्षेत्रमा आवश्यक रहेका सम्पूर्ण विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर प्रदेशसभा देखि संघसम्म पु-याउने आफ्नो उद्देश्य रहेको युवा नेता गुरुङको भनाई छ ।

उनले कांग्रेसलाई जनताको उत्कृष्ट ‘माइलस्टोन’ बनाउने अभियानमा लाग्ने पनि बताए । उनी भन्छन्, ‘अब समाज तथा देशमा केही गरेर देखाउने बेला आएको छ, त्यो म गरेर देखाउँछु पनि, कांग्रेसलाई जनताको उत्कृष्ट ‘माइलस्टोन’ बनाउने अभियानमा पनि लाग्ने छु ।’ नेता गुरुङ आफ्नो क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन् । यसैपनि यसपटक युवाहरुलाई जनताको साथ रहेका कारण पनि प्रदेशसभा सदस्यमा आफु निर्वाचित हुनेमा नेता गुरुङ विश्वस्त छन् । विश्वका ७० भन्दा बढी देशहरुमा आफुले लिएको विकासको अनुभवलाई नुवाकोटमा केही हदसम्म कार्यान्वय गर्न सकयिो भनेपनि त्यसले पुस्तौपुस्तालाई प्रभाव पार्ने उनी बताउँछन् ।

राजनीतिमा नीति मात्र होइन नेतृत्व पनि परिवर्तन गरौं भन्ने उनी त्यस निर्वाचन क्षेत्रमा चर्चित छन् । राजनीतिमा पुस्तान्तरण र हस्तान्तरण आवश्यक रहेको बताउने उनी राजनीतिलाई फोहोरी खेलको संज्ञा दिएर पन्छिनु भन्दा यसलाई सफा गर्न चेतनशील र सचेत युवाहरु राजनीतिमा आउनुपर्छ भन्ने सोच राख्छन् ।

गुटमा सिमित रहेको नुवाकोटको राजनीति सांगठानिक तहमा विस्तार हुनु पर्ने उनले भनाई रहेको छ । आफु निर्वाचित भएपछि नुवाकोटलाई विकासको मोडेलको रुपमा अघि सार्ने उनले बताए । नुवाकोटको सर्वाङ्गिण विकासको लागि जल, जङ्गल, जमिन, जडिबुटी, जलविद्युतमा आन्तरिक र वाह्य लगानी आवश्यक रहेको र ति श्रोतको पहिचान आफुले गर्ने नेता गुरुङको भनाई रहेको छ ।

राजनीतिमा स्वार्थ केन्द्रित आर्थिक समूह र ब्यापारिक घरानाहरुको हालीमुहाली चलेको भन्दै स्वच्छ र निष्कलंक छवि भएका व्यक्तिको हातमा नीति निर्माणको कलम हुनुपर्ने उनी बताउँछन् । राजनीतिक संस्कारसहितको सम्मान पनि आवश्यक रहेको युवा नेता गुरुङले औंल्याएका छन् ।

२५ भाद्र २०७९, शनिबार १९:३३



तपाईको प्रतिक्रिया