फेरियो चुनाव प्रचार शैली

विदुर । निर्वाचन आयोगले ठूला आमसभा र तडकभडकमा रोक लगाएपछि नुवाकोटमा राजनीतिक दलहरू र उम्मेदवारले प्रचारशैलीमा बदलेका छन्र । यसअघि प्रत्यक्ष भेटघाट गर्दै आएका उम्मेदवारको ध्यान अहिले सामाजिक सञ्जाल र आम सञ्चारका माध्यमहरूमा केन्द्रित छर । त्यसबाहेक प्रचार कार्यालय स्थापना गरेर भेटघाटलाई भने निरन्तरता दिएका छन् ।

नुवाकोटको दुई संघिय निर्बाचन क्षेत्र र ४ प्रदेश निर्बाचन क्षेत्रमा उम्मेदवार निकट कार्यकर्ता र प्रचारकले फेसबुक, ट्वीटर, टिकटक जस्ता सञ्जाललाई बढी प्रयोग गरिरहेका छन्र । उम्मेदवारका नाममा ‘फेसबुक पेज’ बनाएर प्रचार गर्ने र त्यसलाई ‘बुस्ट’ गर्न थालेका छन् । यसका लागि उम्मेदवारहरूलेनै निजी सहयोगी वा कार्यालयमै कर्मचारी खटाएका छन् ।

ठुला दलका उम्मेदवारहरूले निर्बाचन परिचालन समिति तयार गरेर यस अभियानलाई तिब्रता दिएका छ न् । निर्बाचन क्षेत्र अन्तर्गत रहेका सबै वडा तहसम्मका कार्यकर्तालाई निर्बाचन सम्बन्धि जिम्मेवारी दिएको छ । सबै वडा तहसम्म निर्बाचन परिचालनका लागी सम्पर्क कार्यालय स्थापना गरेर प्रचार तीव्र बनाइएको छ ।

सञ्चार क्षेत्रमा उम्मेदवारले गरेका काम र भावी योजनाबारे पत्रकारलाई जानकारी गराउने, फेसबुक पेज बुस्ट गरी प्रचार गर्ने लगायतलाई तिब्र पारिएको छ । ‘१७ गतेदेखि हामी चुनावी सभाहरूको आयोजना गर्ने छौं, अहिले प्रचारका लागि र उम्मेदवारको एजेण्डा लैजानका लागि हामी सञ्चार माध्यममा केन्द्रित भएका छौं’ काँग्रेस जिल्ला उप सभापति राजु थापाले भने । त्यस्तै माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने समेत पहिलाको जस्तो चुनावी प्रचारप्रसार अहिले नभएको बताउँछन् । उनका अनुसार अहिले राजनीति दल र उम्मेदवारहरू प्रविधिको प्रयोगबाट आफुलाई नागरिकहरू माझमा पु¥याइरहेका छन् । एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको समेत अभ्यास यही रहेको पाइन्छ । सञ्चार माध्यमको कार्यक्रमहरूमा अतिथिका रुपमा सहभागि हुने र आफ्नो एजेण्डा मतदाताहरूबीच लैजाने अभ्यासमा आफुहरू रहेको उनले बताए ।

निर्वाचन आयोगले मतदान हुनुभन्दा १७ दिनअगाडिसम्म प्रचारप्रसार र आमसभामा रोक लगाएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई पहिलोपटक सम्झाउने र अटेर गरे कानुन अनुसार कारबाही गरिने निर्वाचन कार्यालयले जनाएको छर । मोटरसाइकल वा अन्य सवारी साधन प्रयोग गरी -याली निकाल्न र राष्ट्रिय झण्डा बोकेर प्रचारप्रसारमा सरिक हुन आयोगले रोक लगाएको छर । निर्वाचन आयोगले कात्तिक १७ गतेभन्दा अगाडि आचारसंहिताको व्यवस्थाअनुसार प्रचार प्रसारका कार्यक्रम नगर्न निर्देशन गरेको छ ।

आयोगले आचारसंहिताको दफा १३ बमोजिम मतदान हुने दिनभन्दा सत्र दिन अघिसम्म गर्न नपाउने भनेका प्रचार प्रसारका गतिविधि नगर्न ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ४ मंसिरमा मतदान हुँदैछ । त्यसको १७ दिनअघि अर्थात् कात्तिक १७ गतेसम्म आचारसंहिताले निषेध गरेका प्रचार प्रसारका कार्यक्रम गर्न पाउँदैनन् । कात्तिक १७ गतेसम्म जुलुस, आमसभा, कोणसभा गर्न वा सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाउँदैनन् ।

आयोगले प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने भन्दै दल तथा उम्मेदवारहरूलाई स्मरण गराएको छ ।

७ कार्तिक २०७९, सोमबार ०५:१७



तपाईको प्रतिक्रिया