रुखमा भोट नहाल्ने माओवादीलाई कारबाही हुन्छ: तामाङ

मतदातासंग टिका लगाउदै हितबहादुर तामाङ, प्रदेश २ का उम्मेदवार रमेश महत(बाँयाँ) ।

खरानीटार । नुवाकोट क्षेत्र नम्बर १ मा बाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा माओवादीका नेता हितबहादुर तामाङले निर्बाचनको नतिजा गठबन्धनको पक्षमा आईसककोले मैदानमा रहेका अन्य पार्टीका प्रतिद्वन्द्वीसँग डराउनुपर्ने दावी गरेका छन् ।

मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सहभागि हुने क्रममा उम्मेदवार तामाङले मतदाता र कार्यकर्ताहरूलाई आस्वस्त पार्दै नुवाकोटका जनताको गठबन्धनप्रतिको सकारात्मक भावाना र गत बैशाखमा भएको स्थानीय तहको निर्बाचनको मत परिणामको आधारमा गठबन्धनका उम्मेदवारहरू तेब्बर भन्दा बढी बढीले मतले अगाडि रहेको बताएका छन् ।

तामाङले स्थानीय तहको मतगणना गर्ने हो भने गठबन्धनको पक्षमा तेब्बर भन्दा बढी मत खसेको उल्लेख गर्दै प्रतिगामी शक्तिलाई परास्त गर्न मतदाता आफै सक्रिय रहेको बताए । विगतको निर्वाचनको मत परिणामका साथै आफ्नो पहलमा भएको विकास निर्माणका कार्यहरूको समेत नुवाकोटका जनताले गरेको मुल्याङ्कन र आगामी दिनमा नुवाकोटको विकासको लागी सदैव खटिरहने नेताको रुपमा नागरिकहरूको मुल्याङ्कन रहेकाले आफ्नो पक्षमा चुनावी नतिजा आउनुका साथै नुवाकोटको दुवै क्षेत्र र चारवटै प्रदेशमा गठबन्धनको पक्षमा चुनावी नतिजा आउनेमा ढुक्क रहेको उनको भनाई रहेको छ ।

बिगतको निर्बाचनमा मुख्य प्रतिस्पर्धी दल कांग्रेस र माओवादीबीच मत एकले अर्कोलाई नहाल्ला कि भन्ने आशंका नै नहरेको उनले बताएका छन् । ‘केही दिन अघि एकआध व्यक्तिहरूबाट त्यस्तो अभिव्यक्ति आएको सुनिएपनि अब त्यो समस्या हल भइसक्यो’ तामाङले भने । पूर्वमन्त्री समेत रहेका उम्मेदवार तामाङले यदि आफ्ना पार्टीका नेता, कार्यकर्ताले बाम–लोकतान्त्रिक गठबन्धनको यो अभियानप्रति बेइमानी गरे भने पार्टीले हिसाब किताब राख्ने चेतावनी समेत दिए ।

२० कार्तिक २०७९, आईतवार १५:५९



तपाईको प्रतिक्रिया