केपी लामिछाने एमालेमा फर्किए

विदुर । नेकपा (एकीकृत समाजवादी) नुवाकोटका प्रदेश र जिल्ला तहका नेताहरू एमालेका फर्किएका छन् । नुवाकोटमा टिकट बाडफाँडमा आफ्नो पार्टीको कुनै अस्तित्व नदेखिएपछि पूर्णरुपमा विच्किएका एसका नेताहरू एमालेमै फर्किएका हुन् ।

सोमबार नेकपा एमोको पार्टी कार्यालयमा नेकपा (एकीकृत समाजबादी–एस) बागमती प्रदेश कमिटिका सचिवालय सदस्य केपी लामिछाने, जिल्ला सदस्यहरू हरि गिरी, मेघराज लामिछाने, भगवती लामिछाने राजेन्द्र खतिवडा, दिपक पाठक, रघु पण्डित, ठाकुर भण्डारी, राजन थापा, देबकी पाठक, यमसिह तामाङ, प्रेम तामाङ, फुर्वाछिरिङ्ग तामाङ निखिल उप्रेती लगायतका नेता कार्यकर्तालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिका र खादाले स्वागत गरे । सो अववसरमा अध्यक्ष ओलीले पुरानो घरमा फर्किएका साथीहरूले उचित स्थान दिने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा बागमती प्रदेश संयोजक केशव पाण्डे, जिल्ला अधयक्ष बद्री मैनाली लगायतका जिल्ला नेताहरूको उपस्थिति रहेको थियो ।

नेकपा एकीकृत समाजवादीबाट तादी गाउँपालिको अध्यक्षका उम्मेदवार बनेका केपी लामिछाने तेश्रो बनेका थिए । काँग्रेसले जितेको तादीमा तेश्रो माओवादी केन्द्र, तेश्रो समाजपादी र चौथो एमाले बनेको थियो । गाउँ पालिकाको निर्वाचनमा समाजवादीले झण्डै दुई हजार मत ल्याएको थियो ।

यस्तै, लामिछाने गत २०७४ को निर्वाचनमा एमालेबाट अध्यक्षको उम्मेदवार बन्दा करिव दुई सय मतले काँग्रेस नेता नारायण पाण्डेसँग पराजित भएका थिए । लामिछानेले आफ्ना पिताको स्मृतिमा ट्रष्ट स्थापना गरेर तादी गाउँपालिका लगायतका क्षेत्रमा सामाजिक काम गर्दै आएका छन् ।

२० कार्तिक २०७९, आईतवार १६:०६



तपाईको प्रतिक्रिया