विपक्षी उम्मेदवारको पक्षमा बोलेमा काँग्रेसले कारबाही गर्ने

विदुर । नेपाली काँग्रेस नुवाकोटका कार्यबाहक सभापति राजु थापाले आफ्ना कार्यकर्ताहरुलाई आज एक अपिल जारी गर्दै पार्टीको निर्देशन भन्दा बाहिर गएर कुनै चुनावी गतिविधि र क्रियाकलाप नगर्न चेतावनी दिएका छन् ।

आज पार्टी कार्यालय विदुरमा पत्रकारसंग भेटघाट गर्दै कार्यबाहक सभापति थापाले पार्टी तथा उम्मेदवारहरुले आब्हान गरे बमोजिमका मोर्चाहरुमा क्रियाशिल हुन आग्रह गरेको छ । बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुका कुनै प्रतिस्पर्धी उम्मेदवार वा राजनीतिक दलको पक्षमा अभिव्यक्ति दिएका आफ्ना कार्यकर्ताहरुलाई कारबाही हुने थापाले बताएका छन् । उनले विज्ञप्ती जारी गर्दै बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका प्रतिस्पर्धी उम्मेदवारको पक्षमा सामाजिक सञ्जालदेखि अन्य औपचारिक मञ्चमा बोल्ने लेख्ने गरेमा केन्द्रीय निर्देशन बमोजिम कारबाही हुने जनाएका छन् । कार्यबहानस सभापति राजु थापाले आफ्नो जिम्मेवारीबाट निष्क्रिय रहने काँग्रेस नेता तथा कार्यकर्तालाई कारबाही गर्न समेत केन्द्रबाट निर्देशन आएको बताएका छन् ।

उनले काँग्रेसका सबै क्षेत्रिय कार्यसमिति, प्रदेश तथा पालिका र वडा समितिलाईक्रृयाशिल सदस्यहरुको सक्रियताको विवरण निर्वाचन सकिए लगत्तै प्रतिवेदनका रुपमा लेखिपठाउन समेत निर्देशन दिएका छन् । उनका अनुसार निष्क्रिय रहने र विपषी उम्मेदवारको पक्षमा लाग्नेको सुक्ष्म अध्ययन गरेर प्रतिवेदन तयार हुने छ ।

२१ कार्तिक २०७९, सोमबार १६:०९



तपाईको प्रतिक्रिया