‘कानूनी कारबाहीमा जान्छु’

विदुर । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महतले आफु विरुद्ध भ्रामक कुरा फिजाइएको बताएका छन् ।

आम निर्वाचनको संघारमा आफुविरुद्द केही तत्वले भ्रामक कुरा फिजाएको बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा महतले नेकपा एमालेका उम्मेदवारलाई सघाउनेबारे सार्वजनिक पत्र फेक भएको महतले फेसबुक लाइभ मार्फत उल्लेख गरेका छन् । नेता महतद्वारा सामाजिक सञ्जाल फेसबुकमा उल्लेख स्टाटस जस्ताको तस्तै : ‘मेरो बारेमा भ्रमात्मक कुरा सम्प्रेषण गर्दै विन्दा ढुङ्गानको फेसबुक आइडीबाट मेरो चरित्र हत्या गर्ने उद्देश्यले झुटो र मैले नगरेको विज्ञप्ती मेरो हस्ताक्षर भनेर पोष्ट गरेको कुरामा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । साथै सम्पूर्ण मतदाताहरूमा यस किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु । देश र जनताको हितमा केही गर्छ‘ भन्दै राजनीतिमा आउँदै गर्दा मेरो विचार उद्देश्य र माहोल देखी आत्तिएर यस किसिमको निकृष्ठ कामको घोर भर्सन गर्दछु ।

मेरो कहीं कतै कोहीसँग यस किसिमको गतिविधि नभएको जानकारी गराउँदै मतदाताहरूमा उच्च मनोबलका साथ घण्टीमा मतदान गर्न‘ हुन अनुरोध गर्दछु र कुनै पनि हालतमा विचलित नहुन सबै आग्रह गर्दै भ्रमको पछी नलाग्न अनुरोध गर्दछु । साथै कानुनी उपचारको लागि निर्वाचन आयोग समक्ष उजुरी गरेको जानकारी पनि गर्दछु ।’

७ मंसिर २०७९, बुधबार १०:५९



तपाईको प्रतिक्रिया