समानुपातिकमा नुवाकोटका तीन

विदुर । प्रतिनिधिसभाको समानुपातिक तर्फबाट छानिने ११० जनामध्ये दलहरूले ६५ प्रतिशत महिला पठाउनुपर्ने भएको छ । संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअनुसार प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी ३३४ सांसदमध्ये कम्तीमा ११० जना महिला हुनुपर्छ । यो निर्वाचनमा दलहरूले महिलालाई झिनो संख्यामा मात्रै टिकट दिएका थिए, उनीहरूमध्ये पनि अधिकांश पराजित भए । अब अपुग महिलाको संख्या समानुपातिकबाट पु-याउनुपर्नेछ । समानुपातिकको बन्दसूचीमा रहेका कुल उम्मेदवारमध्ये दलहरू खस–आर्य समूहबाट ३१.२ प्रतिशत, आदिवासी जनजातिबाट २८.७ प्रतिशत, मधेसीबाट १५.३ प्रतिशत, दलितबाट १३.८ प्रतिशत, थारूबाट ६.६ प्रतिशत र मुस्लिमबाट ४.४ प्रतिशत प्रतिनिधित्व गराउनुपर्ने कानुनी व्यवस्था छ ।

यही व्यवस्था अनुसार नुवाकोटबाट दुई जना महिला प्रतिनिधि सभा सदस्य बन्ने पक्का भएको छ । त्यसै गरी एक जना पुरुष सांसद पनि नुवाकोटकै हुने भएका छन् । नेपाली काँग्रेसका तर्फबाट समानुपातिकको बन्द सूचीमा रहेको डा. प्रकाशशरण महत, सीता मिजार र नेकपा माओवादी केन्द्रका बिमला सुवेदी प्रतिनिधि सभा सदस्य बन्ने पक्कापक्की भएको हो ।

राप्रपाका तर्फबाट समानुपातिकमा रहेका डा. प्रकाशचन्द्र लोहनी भने सांसद बन्ने सम्भावना शुन्य प्रायः भएको छ । दलहरूले प्राप्त गरेको मतको आधारमा निर्धारण हुने संख्यामा यो पाली महिला बढी छानिने छन् । यस पटक समानुपातिबाट प्रतिनिधि सभा सदस्यमा ११० मध्ये ७२ महिला आउँदै छन् ।

डा. प्रकाशशरण महत

काँग्रेसका डा. प्रकाशशरण महतको नाम खस आर्य समुहको पहिलो नम्वर छ । त्यस्तै, काँग्रेकै सीता मिजारको नाम दलित समुहको तेश्रो नम्वरमा छ । माओवादी केन्द्रका बिमला सुवेदीको खस आर्य समुहको दोश्रो नम्वरमा नाम छ । उनीहरूको संसद यात्रा पक्का छ । राप्रपाबाट खस आर्य समुहको दोश्रो नम्वरमा रहेको डा. प्रकाशचन्द्र लोहनीलाई सांसद प्रवेश गराउने गरी समानुपातिमा उनको पार्टीले मत ल्याउने सम्भावना छैन । एमालेले तयार गरेको बन्द सूचीमा समावेश भएका नुवाकोटका नेताहरूको क्रमसंख्या निक्कै पछाडी भएका कारण उक्त पार्टीबाट नुवाकोटका नेताले प्रतिनिधि सभामा प्रवेश पाउने छैनन् ।तीन प्रतिशत मत लिएर थ्रेसहोल्ड ६ दलले कटाउने देखिन्छ ।

उनीहरूले समानुपातिकबाट करिब ७२ महिला पठाउनुपर्ने हुन्छ । निर्वाचन आयोगले समानुपातिकतर्फ ६२ प्रतिशत मत खसेको अनुमान गरेको छ । यसअनुसार कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदातामध्ये एक करोड ११ लाख ५२ हजार ९१३ ले मतदान गरेको अनुमान गर्न सकिन्छ । आयोगले दुई प्रतिशत अर्थात् दुई लाख २३ हजार ५८ मत बदर हुने अनुमान गरेको छ ।

यस हिसाबले एक करोड नौ लाख २९ हजार ८५५ मत सदर हुने आकलन गर्न सकिन्छ । त्यसमध्ये पनि १० प्रतिशत अर्थात् दश लाख ९२ हजार ९८५ मत थ्रेसहोल्ड नकट्ने आउने आयोगको अनुमान छ । आयोगका अनुसार एक सिटका लागि सरदर ९८ हजार मत आवश्यक पर्ने हुन्छ ।

आयोगको प्रक्षेपणअनुसार समानुपातिकमा एमालेले ३४, कांग्रेसले ३४, माओवादीले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १५, राप्रपाले आठ र जसपाले चार सिट पाउने सम्भावना छ ।

काँग्रेसका कुनै पनि महिलाले चुनवा जितेको छैन । अग्रता लिइरहेको ठाउामा पनि महिला छैन । यस्तै, यही अनुपातमा मत पाए उसले समानुपातिकबाट ३३ सिट पाउने देखिन्छ । अहिले राष्ट्रिय सभामा कांग्रेसका १० सांसदमध्ये तीन महिला छन् । यस हिसाबले अब समानुपातिकबाट पाउने ३३ सिटमध्ये कांग्रेसले ३३ प्रतिशत अर्थात् ३२ महिला अनिवार्य पठाउनुपर्ने छ ।

यसअनुसार कांग्रेसले दलित क्लस्टरबाट शान्ति विक, रूपा विक, सीता मिजार र आशा विक, आदिवासी जनजाति क्लस्टरबाट सरस्वती बजिमय, लीलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी जोशी, माया राई, कुसुम थापामगर र मनोरमा शेरचन पर्नेछन्र । त्यस्तै, खस–आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल र मैना रावल कार्की संसद्मा प्रवेश गर्नेछन् । थारू क्लस्टरबाट कल्पना चौधरी र विनाकुमारी थनेत, मधेसी क्लस्टरबाट नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल तथा मुस्लिमबाट जावेदा खातुन जागा र देवकला सुवेदी (कमाल) संसद् प्रवेश गर्ने देखिन्छ ।

सीता मिजार

यसबाहेकका बाँकी चारजना पुरुष पनि समानुपातिकबाट छानिने देखिन्छन् । खस–आर्यतर्फबाट डा. प्रकाशरण महत, आदिवासी जनजाति क्लस्टरबाट गोपालमान श्रेष्ठ, दलिततर्फ जीवन परियार, मधेसीतर्फ विमलेन्द्र निधि र थारू क्लस्टरमा योगेन्द्र चौधरीको नाम पहिलो नम्बरमा छ ।

एमालेले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ११० जनाकै नाम समावेश थियो । समानुपातिकतर्फ बुझाएका ती नाममध्ये खस–आर्य समूहबाट क्रमशः रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौदी, दयालबहादुर शाही र खिमलाल पोखरेल, जनजातिबाट देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास, सरोज डंगोल, मधेसीबाट गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र उपेन्द्रप्रसाद साह, दलितबाट ईश्वरबहादुर रिजाल (विक) र प्रभु हजारा दुसाध, थारुबाट सत्यनारायण चौधरी र मुस्लिमबाट सराज अहमद फारुकी सांसद बन्ने देखिन्छ ।

एमालेले यही अनुपातमा मत पाउँदै गए उसले समानुपातिकबाट ३५ सिट पाउने देखिन्छ । राष्ट्रिय सभामा एमालेका १५ सांसदमध्ये नौ महिला छन् । अब समानुपातिकबाट पाउने ३५ सिटमध्ये एमालेले कम्तीमा १८ महिला प्रतिनिधित्व गराउनुपर्ने हुन्छ । एमालेले प्रत्यक्षमा र समानुपातिक गरी ७९ सिट पाउने सम्भावना छ । यस आधारमा एमालेबाट समानुपातिकबाट संसदमा सहभागी हुने महिलामा दलित क्लस्टरतर्फबाट रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा, खसआर्य क्लस्टरबाट मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, आदिवासी जनजातिबाट नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, मधेसीबाट विना देवी, अमृतादेवी अग्रहरी र प्रतीक्षा तिवारी मुखिया हुन सक्छन् । त्यस्तै थारूबाट अस्माकुमारी चौधरी र मुस्लिमबाट रुही नाज पर्ने देखिन्छ ।

बिमला सुवेदी

एमालेमा यसबाहेक १६ जनाको प्रतिनिधित्व हुने अवस्था छ । यसबाहेक खस–आर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौदी, दयालबहादुर शाही, खिमलाल पोखरेल, जनजातिबाट देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास र सरोज डंगोल, मधेसीबाट गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र उपेन्द्रप्रसाद साह, दलितबाट ईश्वरबहादुर रिजाल (विक) र प्रभु हजारा दुसाध, थारूबाट सत्यनारायण चौधरी तथा मुस्लिमबाट सराज अहमद फारुकी सांसद बन्ने देखिन्छ ।

समानुपातिकमा माओवादीले यहि अनुपातमा मत पाएमा समानुपातिकमा १५ सिट पाउने देखिन्छ । दुवैतर्फ गरेर उसले ३४ सिट पु-याउने सम्भावना छ ।

माओवादीबाट दाङ २ बाट रेखा शर्माले जीत निकालेकी छन् । राष्ट्रियसभामा माओवादीका १५ मध्ये तीन महिला सांसद छन् । ३३ प्रतिशत महिला सहभागिता पु-याउन अब उसले समाुनपातिकबाट १२ महिला पठाउनुपर्छ ।

माओवादीबाट खसआर्य समुहबाट ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा र तेत्राकुमारी अधिकारी, आदिवासी जनजातिबाट दुर्गा राई, मिना तामाङ र उर्मिला माझी पौडेल, मधेशीबाट मिना यादव र उमरावती देवी यादव, दलितबाट शुशिला श्रीपाली ठकुरी र पार्वती विक तथा थारूबाट रुपा सोसी चौधरी सांसद बन्ने देखिन्छ । यसबाहेक पुरुष खस आर्यतर्फबाट हितराज पाण्डे, मधेशीबाट रामेश्वर राय यादव र दलितबाट रणेन्द्र बराली सांसद हुने देखिन्छ ।

१२ मंसिर २०७९, सोमबार ०५:५८



तपाईको प्रतिक्रिया