नुवाकोट काँग्रेस ‘अगुवा’को चियापान

काठमाडौं । नेपाली काँग्रेस नुवाकोटका प्रमुख नेताहरूको अनुपस्थितिमा नुवाकोट काँग्रेसका अगुवाहरूले चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

गत हप्ता काठमाडौंको दियालो फुडल्याण्डमा आयोजना गरिएको चियापान कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका काँग्रेस नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि कृष्ण कुईँकेलको सक्रियतामा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका पूर्व सभापति धु्रब अधिकारी, पूर्व सचिव सुरेन्द्रराज अधिकारी, पूर्व कोषाध्यक्ष महेन्द्र थिङ., भरत खड्का, काँग्रेसका पूराना नेता बाबुकाजी पाठक, रामप्रसाद अधिकारी, विषम रिमाल, चोकराज शाक्य, रामकृष्ण थापा कांग्रेस जिल्ला सहसचिव यादव नेपाल, पूर्व महासमिति सदस्य पदमराज पौडेल, महाधिवेशन प्रतिनिधि दिपक लामा, जयराम दाहाल, तादी गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस तादीका सभापति नारायणप्रसाद पाण्डे, कांग्रेस क्षेत्र नं. २ का सचिव नमराज पाण्डे लगायतका अन्य नेता कार्यकर्ताको उपथिति रहेको थियो ।

कार्यक्रममा पूर्व सभापति अधिकारीले मुलुकमा स्वर्गीय बीपी कोइरालाले देखाएको बिचार र शिद्धान्तको अझै सान्र्दभिकता रहेको भन्दै नेपाली काँग्रेसले बिर्सदै गएको गुनासो गरे । कार्यक्रममा सहभागिहरूले नेपाली काँग्रेसका नेताहरू सत्ता स्वार्थमा केन्द्रीय हुँदै गएको र त्याग र बलीदानी गरेका नेता कार्यकर्तालाई बिर्सन थालेको भन्दै नेतृत्वको आलोचना गरेका थिए । नेता अधिकारीले औपचारिक कार्यक्रम पर्खेर बस्नु भन्दा यस्ता अनौपचारिक कार्यक्रम गरेर पनि पार्टीलाई अघि बढाउन सहयोग गर्न सकिने भन्दै आयोजकलाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई स्वागत गर्दै काँंग्रेस नेता कृष्ण कुइँकेलले वीपी कोइरालाको स्मृतिमा पार्टीका साथीभाइहरूसँग भेटघाटका लागि कार्यक्रम राखिएको जानकारी दिएका थिए । नेपाली काँग्रेसका पुराना नेता देखि युवा नेताहरूको उपस्थिति रहेको कार्यक्रममा नुवाकोटबाट प्रतिनिधित्व गरेका नेपाली काँग्रेसका वरिष्ठ नेताहरूको भने सहभागिता थिएन ।

आयोजकले नेताहरूलाई भन्दा पार्टीका सक्रिय नेता कार्यकर्ताहरूसँग पार्टीको अवस्था र भावी रणनीतिका बारेमा अन्र्तक्रियाका लागि कार्यक्रम आयोजना गरिएको बताएका थिए । कार्यक्रममा अन्र्तक्रिया भनिएपनि केहीले मात्रै बोलेका थिए । कार्यक्रममा सभाागिहरू मध्ये अधिकांशले पार्टीलाई गुट उपगुटबाट मुक्त गराउन आवश्यक भएकोमा जोड दिएका थिए ।

८ श्रावण २०८०, सोमबार ११:११



तपाईको प्रतिक्रिया