काँग्रेस सभापतिमा डा. केदारनरसिंह केसीले उम्मेदवारी दिने

विदुर । नेपाली कांग्रेसको जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्नेहरु मैदानमा उत्रिदै जान थालेका छन् । कतिपय अझै पनि आफ्नो समूहको व्यवस्थापनमा लागे पनि अधिकांश ठाउँमा उम्मेदवारहरु मैदानमा उत्रेर प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् ।

परम्परागत रुपमा अर्जुननरसिंह केसी र डा. रामशरण महत समूहमा विभाजित नुवाकोटको राजनीति यस पटक पनि यही सेरोफेरोमा घुमेको देखिन्छ । जिल्लाको राजनीतिमा पकड जमाउँदै आएको केसी समूह एकातर्फ र अर्का तर्फ डा. रामशरण महत, डा. प्रकाशरण महत र बहादुरसिंह लामा लामा तामाङ छ ।

दुई खेमामा स्पष्ट विभाजित नेपाली कांग्रेस नुवाकोटको अबको सभापतिको हुने भन्ने पनि आम चासोको विषय बनेको छ । महत समूहको तर्फबाट उनका भतिज तथा बहालवाला पार्टी सचिव रमेश महत सभापति उम्मेदवारको रुपमा मैदानमा खडा भएका छन् । केसी समूहका तर्फबाट भने अहिलेसम्म औपचारिक रुपमा कसैको उम्मेदवारी घोषणा नभए पनि डा. केदारनरसिंह केसी नै उम्मेद्वार हुने देखिएको छ । महतलाई टक्कर दिने मात्र नभई पराजित गर्न सक्ने उम्मेदवार डा. केसी मात्र भएको विश्लेषणपछि केसी समूहले उनलाई सभापतिको उम्मेदवार बनाउन लागेको हो । यसको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

४ मंसिर २०७८, शनिबार १८:०७



तपाईको प्रतिक्रिया