चौतारीमा श्रेष्ठ र संगठनमा गजुरेल अध्यक्ष

संगठनका अध्यक्ष गजुरेल पदभार ग्रहण गर्दै

विदुर । बिहीवार विदुरमा भएको नेकपा एमाले निकट पत्रकारहरू र नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरूको छुट्टा छुट्टै जिल्ला भेलाले नयाँ कार्य समिति चयन गरेको छ ।

एमाले निकट प्रेस चौतारी नेपाल नुवाकोट शाखाको छैठौं जिल्ला अधिवेशनले नवदीप श्रेष्ठको अध्यक्षतामा र समाजवादी निकट समाजवादी प्रेस संगठनको पहिलो भेलाले जमुना गजुरेलको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको छ । चौतारीको नुवाकोट उपाध्यक्षहरूमा श्रीराम अधिकारी र शुशिला लामिछाने, सचिवमा सुनिल श्रेष्ठ, सह सचिवहरूमा कृष्ण अधिकारी र पुजा तामाङ तथा कोषाध्यक्षमा केदार ढकाल चयन भएका छन् । त्यस्तै कार्य समिति सदस्यहरूमा कृष्णप्रसाद ढुङ्गाना, लोकबहादुर पुडासैनी, किशोर वली, संगिता लामिछाने छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नुवाकोटको उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा राममणी अधिकारी र कोषाध्यक्षमा दिपक थापा चयन भएका छन् । कमिटिको सदस्यहरूमा हरिजंग पाण्डे, बिपस्ना बस्नेत (जानकी), सृजन पौडेल, मनोज न्यौपाने र सुबास भट्ट छन् । भेलाले समाजवादी प्रेस संगठन बागमती प्रदेश कमिटि सचिव भोलाराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । समितिमा राजकुमार अर्याल (पुत्ला) र उत्तम श्रेष्ठ सदस्य छन् ।

प्रेस चौतारी नुवाकोटको कार्यसमिति

९ फाल्गुन २०७८, सोमबार १०:४४



तपाईको प्रतिक्रिया