बजेटको चटारो

विदुर । नुवाकोटका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको तयारी गरिरहेका छन् ।

गाउँपालिका तथा नगरपालिकाले बजेट निर्माणको सुझाव दिन असार ५ गतेसम्म नागरिकहरुलाई आग्रह गरेको छ । आफ्नो स्थानीय तहको बिकासको लागी आबाश्यक योजनाहरुको लगत संकलन तथा योजना निर्माणको काम अहिले स्थानीय तहहरुले गरिरहेका छन् । सबै वडा तथा टोलबाट संकलन भएका योजना तथा कार्यक्रमहरुलाई स्थानीय तहहरुले सम्बोधन गर्दै असार १० गते बजेट ल्याउने छन् ।

संबैधानिक ब्यबस्था अनुसार असार १० गते भित्र सबै स्थानीय तहहरुले बजेट ल्याईसक्नु पर्ने छ । त्यसै अनुसार नुवाकोटका स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट निर्माण थालेका हुन् । नुवाकोटमा दुई वटा नगरपालिका र १० वटा गाउँपालिका छन् ।

५ असार २०७८, शनिबार १८:१४



तपाईको प्रतिक्रिया